Skip to content

टी-२० विश्वकपमा भारतविरूद्धकाे म्याच पाकिस्तानले बहिष्कार गर्ने

काठमाडौं – टी-२० विश्वकपमा भारत विरूद्धकाे म्याच पाकिस्तानले बहिष्कार गर्ने भएकाे छ । पाकिस्तान सरकारको आधिकारिक एक्स खाताबाट यस्ताे घाेषणा गरिएकाे हाे । पाकिस्तान सरकारले आफ्नाे टिमलाई टूर्नामेन्टका लागि श्रीलंकामा यात्रा गर्न अनुमति दिएको छ। तर, यसले घोषणा गरेको छ- ‘पाकिस्तान क्रिकेट टिमले १५ फेब्रुअरी २०२६ मा भारतविरुद्ध निर्धारित खेलमा मैदानमा उत्रने छैन ।’ उक्त वक्तव्यमा यो निर्णयको कारण भने निर्दिष्ट गरिएको छैन। तर आइसीसीले बंगलादेशलाई विश्वकप खेल्न वञ्चित गरेपछि त्यसकाे प्रतिक्रियामा पाकिस्तानले यस्ताे निर्णय लिएकाे अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्