Skip to content

सुनको मुल्य एकै दिन १४ हजार भन्दा बढीले बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी, बुधबार चाँदीको भाउ पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्