काठमाडौँ – बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । यस दिन नेप्से परिसूचक १.६४ अंक घटेर २६८१.५० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको ८० हजार ४२२ पटकको कारोबारमा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।





प्रतिक्रिया दिनुहोस्