Skip to content

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच करिब दुई घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार करिब दुई घण्टा लामो वार्ता भएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए । ओली निकट स्रोतका अनुसार उनी बिहान करिब ९ बजेपछि बालुवाटार पुगेका थिए। बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक अवस्था तथा आगामी निर्वाचनका विषयमा छलफल भएको जनाइएको छ।

छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति खोज्ने प्रयास भएको बताइएको छ । साथै, अध्यक्ष ओलीले सरकारलाई निर्वाचन एकै चरणमा गर्नुपर्ने सुझाव समेत दिएका थिए । प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच निर्वाचन एकै चरणमा गरिनुपर्ने विषयमा समान बुझाइ रहेको दुवै पक्षका निकट स्रोतहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्