काठमाडौँ – ब्याँस २ का मतदाता संग काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारले भेटघाट र अन्तरक्रिया गरेका छन् ।
भेटघाट कार्यक्रममा ब्याँस २ का स्थानीयले आफ्नो गाउँटोलका स्थानीय समस्या,गुनासा र जिज्ञासा् उम्मेदवार संग राखेका छन् । ब्याँसको दुम्लिङमा झोलुंगेपुलको समस्या समाधान अहिलेसम्म कसैले नगरेको,अहिले एमाले नेतृत्वको सरकारले मालको लिफ्टिङ खानेपानीमा ठेकेदार संग मिलेर भ्रष्टाचार गरेको र मालको खानेपानी समस्या समाधान नभएको गुनासो राखेका थिए । भेटघाट तथा अन्तरक्रिया कार्यक्रम बोल्दै नेपाली काङ्ग्रेसका नेता एवं पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडुले दुम्लिङमा झोलुङ्गेपुलको लागि आफुले सक्दो पहल प्रयास गरेको र दुम्लिङमा झोलुङ्गेपुल अन्तर्राष्ट्रिय नाकाको बिषय भएकोले भारतको सहमति बिना पुल निर्माण हुन नसक्ने र भारत संग सहमतिको लागी आफुले काङ्ग्रेसको तर्फबाट परराष्ट्रमन्त्री भएका एनपी साउद र डा.आर्जु राणा लाई भेटेरै दुम्लिङमा पुल निर्माणको लागि पहल गरेको जानकारी गराए । भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं ब्याँस गाउँपालिका पुर्व अध्यक्ष दिलिप सिंह बुढाथोकीले २०७४ सालको निर्वाचनमा तत्कालीन बामगठबन्धनका उम्मेदवारले तल्लो दुम्लिङमा पुलको आश्वासन दिदै अर्कोपटक दुम्लिङ आउँदा झोलुङ्गे पुलमा आउने बाचा गरेकाहरुलाई दुम्लिङ पुलको लागि के कति पहल प्रयास गरेका छन् र काङ्ग्रेस नेतृत्वको स्थानीय सरकार भएकोबेला राप्ला जोड्ने शाखा सडकको लागि बजेट विनियोजन गरेर ठेक्का खोल्दा समेत २०७९ मा निर्वाचित एमाले नेतृत्वको स्थानीय सरकारले सडक निर्माणकार्य सुचारु किन नगरेको भनेर राप्ला र दुम्लिङ बासीले प्रश्न गर्नुपर्ने बताएका छन् ।साथै काङ्ग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार धर्मानन्द जोशी ब्याँसको भूगोल बारे परिचीत रहेको,ब्याँसको भूगोल बुझेको र पुण्यकर्म र समाज सेवा मार्फत ब्याँसका जनताको सुखदुःखमा पुगेको बताएका छन् । ब्याँस मालका स्थानीय जयसिंह धामी तुईनबाट खसेर ज्यान गुमाउँदा स्व.जयसिंह धामीको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेको स्मरण गर्दै निस्वार्थ भावनाले मानव सेवा गर्ने उदेश्यले राजनीतिमा आएका धर्मानन्द जोशीलाई रुख चिन्हमा मतदान गरेर ब्याँस २ बाट अत्यधिक मत दिनुपर्ने बताए । ब्याँस २ का स्थानीयले काङ्ग्रेसकै पहलमा दुम्लिङमा खाद्या डिपो स्थापना भएको,दार्चुला तिङ्कर सडकको लागि काङ्ग्रेसले पटकपटक सरकार र संसदमा आवाज उठाउदै बजेट विनियोजनको लागि निरन्तर पहल प्रयास गरेकोले ब्याँस २ बाट काङ्ग्रेस लाई अत्यधिक मत दिने स्थानीय केशव बुढाथोकीले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्