Skip to content

टी–२० विश्वकप : नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आइतबार बलियो टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको सुरुवाती खेलहरूमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएपछि नेपाल पनि ‘अपसेट’को खोजीमा मैदान उत्रनेछ । तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाल यसपटक सुपर ८ पुग्ने लक्ष्यसहित आएको हो । त्यसका लागि समूह चरणमा कम्तीमा दुई जित आवश्यक छ । इंग्ल्यान्डविरुद्धको खेल जित्न सके नेपाली टोलीको मनोबल उच्च हुने अपेक्षा गरिएको छ ।

नेपाल र इंग्ल्यान्डबीच टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो भेट हो । नेपालले अभ्यास र वार्मअप खेलमा राम्रो प्रदर्शन गरेको छ भने इंग्ल्यान्ड श्रीलंकाविरुद्धको शृंखला जितेर आएको छ । वाङ्खडे मैदानमा हुने खेलमा नेपालले पेस बलरलाई प्राथमिकता दिने सम्भावना छ । ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख, कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी प्रमुख खेलाडी रहनेछन् । इंग्ल्यान्डका लागि जस बट्लर, फिल साल्ट र जोफ्रा आर्चर मुख्य खतरा मानिएका छन् ।

नेपालका कप्तान रोहित पौडेलले कडा प्रतिस्पर्धा भए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् भने इंग्ल्यान्डका विल ज्याक्सले नेपाललाई हल्का रूपमा नलिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्