Skip to content

निर्वाचन आयोगले भन्यो- फागुन ३ गतेभित्र घोषणा पत्र सार्वजनिक गर्नू

काठमाडौँ – निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणा पत्र सार्वजनिक गर्न दलहरूलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति निकालेर फागुन ३ गतेभित्र घोषणा पत्र सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका हुन् । फागुन ३ भित्र घोषणा पत्र सार्वजनिक गरी दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आग्रह गरेको हो । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्