Skip to content

चुनाव लक्षित घरदैलो तथा भेटघाट गर्दै ब्याँसका विभिन्न गाउँमा काङ्ग्रेस उम्मेदवार धर्मानन्द जोशी

काठमाडौँ – नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवार उम्मेदवार धर्मानन्द जोशी र समानुपातिक तर्फका उम्मेदवार करबिर बहादुर कार्की नेतृत्वको प्रचारप्रसारको टोलिले आज ब्याँस गाउँपालिकाको वडा नम्बर ५ को स्याकु,चन्दाकोट र ब्याँस गाउँपालिकाको वडा नम्बर ६ हुतीमा आम मतदाता,काङ्ग्रेसका अगुवा नेता कार्यकर्ता संग निर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया गरेका छन् । भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा चन्दाकोटका स्थानीय रामदत्त भट्टले काङ्ग्रेसकै नेतृत्वमा स्थानीय सरकार भएको बेला चन्दाकोट जोड्ने सडक पुगेकोले र काङ्ग्रेसकै पहलमा प्रदेशबाट अहिले चन्दाकोटको भुमिराज मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेकाले विकास गर्ने काङ्ग्रेस नै भएकाले र काङ्ग्रेसको उम्मेदवार धर्मानन्द जोशी समाजसेवी व्यक्ति भएको, आफ्नो व्यक्तिगत पहलमा विभिन्न विद्यालयमा गरिब जेहेन्दार विद्यार्थीको लागि अक्षयकोष समेत स्थापना गरेकाले अरु दलको उम्मेदवार भन्दा काङ्ग्रेसको उम्मेदवार नयाँ,ईमान्दार र स्वच्छ छवि भएको व्यक्ति भएकोले यसपटक रुखमा मतदान गरेर काङ्ग्रेसका उम्मेदवार जिताउन चन्दाकोट बासी खटिने बताए । यस्तै वर्तमान राजनीतिक परिवेशमा दार्चुलाको लागि योग्य सक्षम बौद्धिक र ईमानदार व्यक्ति उम्मेदवार बनेकाले काङ्ग्रेस भित्र आपसी एकता सद्भाव कायम गर्दै एकढिक्का भएर चुनावमा होमिने र काङ्ग्रेस जिताउन सबैले आआफ्नो टोल गाउँमा खटिने नेपाली काङ्ग्रेस ब्याँस ५ का सभापति नरसिंह धामीले बताएका छन् ।

यस्तै हुतीमा भएको घरदैलो एवं भेटघाट कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका सचिव पुलेन्द्र बहादुर कार्कीले काङ्ग्रेस पार्टी मात्रै नभएर यो देशलाई विभिन्न संकट बाट मुक्त गर्ने, विभिन्न समस्याको समाधान गर्ने राष्ट्रिय शक्ति काङ्ग्रेस भएकाले संविधान,लोकतन्त्रको रक्षाको लागि सुशासन स्थापना र भ्रष्टाचार अनत्य गर्नका लागी बदलिएको काङ्ग्रेस देश बदल्ने संकल्प गरेको काङ्ग्रेस लाई जिताउन आवश्यक रहेको बताए । भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार धर्मानन्द जोशीले आफू सन् २००६ देखि २००९ सम्म संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सेवाअन्तर्गत शान्ति र राजनीति क्षेत्रमा तथा त्यसपछि २०१९ सम्म अफगानिस्तान र इराक लगायतका देशमा द्वन्द्व व्यवस्थापनमा रहेर काम गरेको बताए । मानवीय मामिला, मानव अधिकार मामिला, राजनीतिक र चुनावी मामिलामाका लागि भारत, थाइल्याण्ड, मौरिसस, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्विट्जरल्याण्ड, युएई, कतारलगायत देशमा पुगेर तालिम प्राप्त गरेको अनुभव बटुलेर विभिन्न सामाजिक कार्यपछि नीति निर्माण क्षेत्रमै पुगेर शिक्षा, स्वास्थ्य, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अठोट सहित म सांसदको उम्मेदवार भएको बताए । साथै काङ्ग्रेस उम्मेदवार जोशीले मैले जीवनमा धेरै परीक्षा दिएको छु । दार्चुलाको सुधारका लागि यसपटक अन्तिम विषयको परीक्षा दिनका लागि म नेपाली काङ्ग्रेसको तर्फबाट रुख चिन्ह लिएर उम्मेदवार भएको बताए । ब्याँसका विभिन्न गाउँबस्तीमा भेटघाट गर्दा आम मतदाता नेता कार्यकर्ताले देखाएको स्नेह,सद्भाव ले ब्याँस बाट आफुले अत्यधिक मत पाँउने विस्वास रहेको काङ्ग्रेस उम्मेदवार जोशीले बताए । भेटघाट तथा घरदैलो कार्यक्रममा जिल्ला सभापति ललित सिह बोहरा,सचीव पुलेन्द्र बहादुर कार्की,महासमिति सदस्य हरक बिष्ट,महाधिवेशन प्रतिनिधि एवं पुर्व ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी,काङ्ग्रेस नेता सन्तोष ऐतवाल,नेपाली काङ्ग्रेस ब्याँस पालिका सभापति नरेन्द्र दत्त भट्ट,प्रदेश सभा क्षेत्रीय कार्यसमिति उप सभापति बिरादत्त भट्ट,सह सचिव कलम धामी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्