काठमाडौं – ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा सवार करिब ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनीहरु २ जनाको सनाखत भएको छैन ।





प्रतिक्रिया दिनुहोस्