Skip to content

अर्किड कप : दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा, गेटवे पेनाल्टीमा विजयी

काठमाडौं – अर्किड कप फुटबल प्रतियोगिताको दोस्रो दिनका खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका छन् । विभिन्न विद्यालयबीच भएको प्रतिस्पर्धामा केही खेल स्पष्ट जिततर्फ गए भने केही खेल पेनाल्टीसम्म पुगे । दोस्रो दिनको पहिलो खेलमा र श्रमशीलले बेलपुष्पमाथि ३–० को सहज जित निकाले । आजै भएको दोस्रो खेलमा बोधिसदन र ग्रीनविचबीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा ग्रीनविचले १–० ले बाजी मार्‍यो । उक्त खेलमा दिक्षित थापाले निर्णायक गोल गरे । यद्यपि, बोधिसदनका सुशान्त भेटवाल उत्कृष्ट खेल प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए । तेस्रो खेलमा ब्रह्मकुञ्जले उज्ज्वल तारालाई १–० ले पराजित गर्‍यो । ब्रह्मकुञ्जका बिश्वास गिरीले टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले । उज्ज्वल ताराका जेसन थापा ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगीताको छैटौं खेलमा न्यू स्टार पोल र गेटवे एकेडेमीबीच निर्धारित समय ०–० को बराबरीमा सकियो । त्यसपछि पेनाल्टी सुटआउटमा गेटवे एकेडेमीले ५–४ ले जित हात पार्दै अर्को चरणमा स्थान सुरक्षित गर्‍यो । न्यू स्टार पोलका सागर बी.के. उत्कृष्ट खेलका लागि ‘म्यान अफ द म्याच’ बने । सातौं खेलमा नेक्सस एकेडेमीले चिरायु स्कुललाई १–० ले हरायो। नेक्ससका बिराज दुगुले निर्णायक गोल गरे । चिरायु स्कुलका अनिश तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए । अर्किड कप अन्तर्गत दोस्रो दिनका खेलहरूले दर्शकलाई रोमाञ्चक अनुभव दिलाएका छन्। प्रतियोगिता अन्तर्गत आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ ।

यस वर्ष प्रतियोगितामा ४६ वटा विद्यालय सहभागी रहेका छन्, जसले प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाउने विश्वास आयोजकको छ । प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टिमहरूले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिनेछ । संस्थापक भुजेलले शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको चौतर्फी विकास गर्ने उद्देश्यले विद्यालयले नियमित रूपमा खेलकुद तथा अन्य गतिविधि सञ्चालन गर्दै आएको बताए। ‘अर्किड कप’ त्यही प्रतिबद्धताको निरन्तरता भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्