काठमाडौँ – आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दैछन् । आइतबार बेलुकी सवा ७ बजे भारत-पाकिस्तानबीचको खेल श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा खेल हुनेछ । यसअघि पाकिस्तानले भातरविरूद्ध नखेल्ने भनेको थियो ।
पछि पाकिस्तानी सरकारले भारतविरूद्ध खेल्न अनुमति दिएको थियो । भारत र पाकिस्तानबीच आज र आगामी दिनमा हुने सबै खेल श्रीलंकामा हुनेछ । पाकिस्तानले सुरक्षाको कारण देखाउँदै भारतमा भने नखेल्ने बताएको थियो ।
यसअघि बंगलादेशले पनि भारतमा नेखेल्ने भनेपछि उसलाई प्रतियोगिताबाटै बाहिर राखिएको थियो। उसको ठाउँमा अहिले स्कटल्याण्डले विश्वकप खेलिरहेको छ । भारत पाकिस्तान समूह ‘ए’मा छ । दुवै टोलीले दुई-दुई खेल खेलिसकेका छन् भने दुवै खेलमा जित निकालेको छ ।
भारतले नामिबियालाई ९३ रन र संयुक्त राज्य अमेरिकालाई २९ रनले हराएको थियो । पाकिस्तानले नेदरल्याण्डलाई ३ विकेट र अमेरिकालाई ३२ रनले पराजित गरेको थियो । पाकिस्तानले अब नामिबिया र भारतले नेदरल्याण्डसँग अन्तिम खेल खेल्नेछ । समूहको शीर्ष २ टोलीले सुपर-८ मा स्थान बनाउनेछ । भारत पाकिस्तान दुवैको अहिले ४-४ अंक छ । पछिल्लो पाँच खेलमा पाकिस्तानलाई भारतले हराएको छ । गत सेप्टेम्बरमा भएको एसिया कपका तीनै खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो । त्यसअघि सन् २०२४ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटलाई पराजित गरेको थियो। सन् २०२२ को विश्वकपमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्