Skip to content

मधेशबाट चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा आज कांग्रेसले जनकपुरधाममा सभा गर्दैछ । ‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन् । सोही क्रममा उनले चुनावी घोषणा पत्र सार्वजनिक गर्नेछन् । चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ । कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा एक लाख मानिसहरुको सहभागी गराउने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्