कैलाली – जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ शिबटोलबाट ३४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित २८ वर्षीय सन्तोष राना र २५ वर्षीय प्रदीप रानालाई बिहीबार साँझ पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँबाट संयुक्त रूपमा खटिएको टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ ।
त्यसैगरी, टीकापुर नगरपालिका–७ सुनाफाटाबाट १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित २४ वर्षीय बिरेन्द्र कडायतलाई पनि बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले जाँचका क्रममा उनको साथबाट लागूऔषध बरामद गरेको हो । पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्