काठमाडौँ – दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर – ४ का रमेश राना मगरलाई राति पक्राउ गरेको हो । प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार एमालेको झन्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी छ ।
बिहीबार राति साढे ९ बजे दाङ तुलसीपुरको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा केही व्यक्तिले एमालेको झन्डा जलाएका थिए । त्यो भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो। त्यसपछि प्रहरीले एमाले झन्डा जलाउनेको खोजी थालेको थियो । नेकपा एमालेका कार्यकर्ताले शुक्रबार बेलुका दाङको तुलसीपुर, घोराही र लमहीमा विरोध र्याली निकालेका थिए। उनीहरूले रास्वपाको तुलसीपुरस्थित सम्पर्क कार्यालयमा आक्रमणको प्रयास गरेपछि सुरक्षाकर्मीले रोकेका थिए । दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले पक्राउ परेकाहरू विरूद्ध के शीर्षकमा मुद्दा चलाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।





प्रतिक्रिया दिनुहोस्