दार्चुला – नेपाली काँग्रेस दार्चुलाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मानन्द जोशीले सुशासन, रोजगारी र सीमावर्ती विकासलाई केन्द्रमा राख्दै आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । उनले भ्रष्टाचार न्यूनीकरणका लागि पेपरलेस–क्यासलेस सेवा, “सार्वजनिक बजेट ड्यासबोर्ड” र अनलाइन गुनासो प्रणाली लागू गर्ने बताएका छन्। संघीय डेटा एकीकरणमार्फत पारदर्शी र उत्तरदायी शासन स्थापना गर्ने उनको प्रतिबद्धता छ । सीमा विवाद समाधानका लागि लिपुलेक, कालापानी र लिम्पियाधुरा विषय कूटनीतिक पहलमार्फत उठाउने तथा सीमा क्षेत्रमा पूर्वाधार र आधारभूत सेवा विस्तार गर्ने उनले बताएका छन् ।
दार्चुला–टिङ्कर सडक, महाकाली करिडोर, गोकुलेश्वर विमानस्थल सञ्चालन, युवा उद्यम कोष, ‘फार्मदेखि फ्याक्ट्रीसम्म’ कार्यक्रम, जडिबुटी प्रशोधन केन्द्र र ट्रेकिङ रूटमार्फत दार्चुलालाई त्रिदेशीय व्यापार, पर्यटन र रोजगारीको केन्द्र बनाउने उनको मुख्य एजेण्डा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्