Skip to content

अर्किड कपको फाइनलमा विद्यावाणी र एकलव्य, भोलि उपाधि भिडान्त हुने !

काठमाडौँ – अर्किड प्युपल सेकेण्डरी स्कुल, गोठाटारमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल चरणका खेल सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको १०औँ संस्करण अन्तर्गत सम्पन्न सेमिफाइनल खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए ।

पहिलो सेमिफाइनलमा निर्मल ज्योति र विद्यावाणीबीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयको रोमाञ्चक खेलमा विद्यावाणी ३–२ गोल अन्तरले विजयी हुँदै उपाधि नजिक पुगेको छ । उत्कृष्ट प्रदर्शन गरेका निर्मल ज्योतिका रितिक थापा मगर पराजित टोलीबाटै ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा एकलब्य शिक्षा सदनले विद्या विकास स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। उक्त खेलमा विद्या विकास स्कुलका सनिब दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए ।

अब उपाधिका लागि हुने फाइनल खेलमा विद्यावाणी र एकलब्य शिक्षा सदनबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले फाइनल खेल झनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। उपाधि विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ, तेस्रो स्थान हासिल गर्ने टोलीले १५ हजार रुपैयाँ र चौथो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । भोलि भव्य कार्यक्रमका बीच फाइनल खेल आयोजना गरिनुका साथै ‘अर्किड कप’ फुटबल प्रतियोगिताको १०औँ संस्करणको औपचारिक समापन गरिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्