Skip to content

निर्वाचन धाँधलीरहित हुने भन्नेमा शंका छ- एमाले

काठमाडौँ – नेकपा एमालेले निर्वाचन धाँधलीरहित हुने विषयमा आशंका व्यक्त गरेको छ । शनिबार केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनेमा शंका रहेको बताएका हुन् । ‘मुलुकको जे अवस्था सिर्जना भइरहेको छ, निर्वाचनका गतिविधिहरू जसरी अगाडि बढिरहेका छन् । जेजस्ता घटना व्यवहारहरू प्रदर्शन भइरहेका छन् । त्यसले चिन्तित तुल्याएको छ। र निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले हुन्छ कि हुँदैन भन्नेमा तपाईं हामी सबैलाई अलिकति चिन्तित तुल्याएको छ,’ उनले भने ।

शाहीले केन्द्रीय पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलनमार्फत एमालेको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । ‘चुनाव भाँड्नका लागि देशका विभिन्न जिल्लाहरूमा दलहरूको झन्डा-चुनाव चिह्न जलाउने अभियान, अशान्ति फैलाउने कार्यले रास्वपाले चुनाव भाँड्न खोजेको पुष्टि हुन्छ,’ उनले भने । त्यस्तै, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको तस्बिर अंकित टिसर्टलाई होलीको अवसरमा वितरण गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ। एमालेले यस विषयमा निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्