नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवार उम्मेदवार धर्मानन्द जोशी र समानुपातिक तर्फका उम्मेदवार करबिर बहादुर कार्की नेतृत्वको प्रचारप्रसारको टोलिले मिति २०८२/११/९ गते मार्माको लटिनाथमा बृहत आमसभा पछि साझ मार्मा गाउँपालिकाको वडा नम्बर १ घोल्जरमा घरदैलो तथा भेटघाट गरेर आज अपि हिमाल गाउँपालिकाको खण्डेश्वरीमा काङ्ग्रेसका अगुवा नेता कार्यकर्ताको उपस्थितिमा बृहत आमसभा भएको प्रचारप्रसार टोलिमा सहभागी दिवाकर जोशीले जानकारी दिएका छन् ।
घोल्जर गाउँमा पुग्दा स्थानीयले न्यानो आतिथ्यताले स्वागत गरेको र नेपाली काङ्ग्रेस अहिले नीति नेतृत्वले परिवर्तन गरेर नयाँ काङ्ग्रेस बनेर आएको र काङ्ग्रेसले परिवर्तनलाई आत्मसात गरेको हुनाले घोल्जरले यसपटक परिवर्तन खोजेको रोजेको र अहिलेको राष्ट्रमा भएको परिवर्तन अनुसार घोल्जरले पनि उम्मेदवार खोजेको हुनाले त्यस्तो उम्मेदवार काङ्ग्रेसले बनाएकोले रुखमा भोट हालेर धर्मानन्द जोशीलाई अत्यधिक मत दिन गोल्जरबासी उत्साही भएको पाएका छौ काङ्ग्रेस सचिव पुलेन्द्र बहादुर कार्कीले बताए ।
अपि हिमालको खण्डेश्वरीमा भएको बृहत आमसभामा बोल्दै काङ्ग्रेस महासमिति सदस्य हरक सिंह बिष्टले अन्तर्राष्ट्रिय अनुभव र स्वच्छ छवि बोकेका,इमान्दार व्यक्ति धर्मानन्द जोशीलाई दार्चुला काङ्ग्रेसले उम्मेदवार बनाएकोले दार्चुलाको विकास, शान्ति र सुशासनका लागि रुख चिन्हमा मत दिएर काङ्ग्रेसकाई जिताउन आग्रह गरेका छन्। कार्यक्रममा नेपाली काङ्ग्रेसले मात्रै यो देश सम्हाल्ने,लोकतन्त्र संविधानको रक्षा गर्ने हुनाले र काङ्ग्रेसले योग्य सक्षम ईमान्दार वेदाग व्यक्तित्व भ्रष्टाचार विरुद्ध लड्ने व्यक्ति लाई उम्मेदवार बनाएको हुँदा उत्साहजनक ढंगले रुखमा भोट हाल्न आग्रह गर्दै काङ्ग्रेस समानुपातिक तर्फका उम्मेदवार करबिर बहादुर कार्की,महासमिति सदस्य गणेश भट्ट,पदमराज पन्त लगायतका नेता हरुले आ आफ्नो धारणा राखेका थिए ।
खण्डेश्वरीमा भएको आमसभामा आफ्नो कुरा राख्दै नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार धर्मानन्द जोशीले आफू सांसद बन्न मात्रै नभएर जनताको सेवक बन्न उम्मेदवार बनेकाले जनताको सुखदुःखमा सधै साथ दिने बताउदै दार्चुलाको आवाज संसद सरकारसम्म पुगाउन र दार्चुलाका अवसर सम्भावनाको सदुपयोग गरेर दार्चुला सर्वाङ्गिण विकासको लागी आफू सधै प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्दै फागुन २१ मा रुखमा मतदान गर्न अपिल समेत गर्नु भएको छ । यस्तै कार्यक्रममा अगाडी बोल्दै उम्मेदवार जोशीले आफुले शान्ति सुरक्षा सुशासन र मानवअधिकारका क्षेत्रमा काम गरेको अनुभव बटुलेको जिवनमा अभाव दुख गरिबी संग लडेर आएकोले आफु सधै भ्रष्टाचारको विरुद्धमा लड्ने बाचा समेत व्यक्त गर्नु भएको छ । साथै आफुले जनताको घरदैलोमा पुग्दा आफू नयाँ भएकोले जनताबाट अपार स्नेह माया पाएकोले आफुले चुनाव जित्ने निश्चित भएको र आफुले चुनाव जिते सधै जनताको सेवक भएर जनताको मतदाताको मतको अवमूल्यन हुन नदिने र मतदाताको शिर झुक्न नदिने गरि काम गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रम नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार करबिर बहादुर कार्की,प्रदेश कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्की,महासमिति सदस्य बिक्रम सिंह धामी, हरक बिष्ट,गणेश राज भट्ट,पदम राज पन्त,महिला नेत्री शान्ति धामी,द्रोपती डागा,सरस्वती कुवर लगायत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।





प्रतिक्रिया दिनुहोस्