Skip to content

निर्वाचनकाे समयमा तीन दिन सार्वजनिक बिदाका लागि सिफारिस

काठमाडौँ – फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो । ‘हामीले फागुन २१,२२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौँ । स्वीकृत गर्ने/नगर्ने सरकारको कुरा हो’, भण्डारीले भने । यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २३ र २४ गते क्रमश: शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार एक हप्ता बिदा हुने भएको हो।

प्रतिक्रिया दिनुहोस्