काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । सरकारले चुनावलाई मध्यनजर गर्दै फागुन २०-२२ ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय पनि गरिएको छ । बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२-२०८५/८६) स्वीकृत गरेको छ । बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत केरावारी-न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने पनि निर्णय गरिएको छ । हिजै जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको छ ।







प्रतिक्रिया दिनुहोस्