काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा `मधेस सभा´ गरेको नेपाली कांग्रेसले आज एकैदिन देशका तीन फरकफरक स्थानमा चुनावी सभा गर्दैछ । कांग्रेसले आज एकैदिन सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने भएको हो । गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो । सुर्खेत, बाँके र रूपन्देहीमा आज हुने चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
प्रवक्ता चालिसेका अनुसार सभापति थापासहितका शिर्ष नेताहरू हेलिकप्टर मार्फत चुनावी सभामा पुग्ने छन् । यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन् ।





प्रतिक्रिया दिनुहोस्