जनकपुरधाम – धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । धनुषाको औरही गाउँपालिका वडा नं ६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटेर हत्या गरेको अवस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक हंसपुर नगरपालिका-९ रुदौलीका २० वर्षीय सुमित मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए । बिहीबार अपराह्न ४ बजेतिर घटनाबारे प्रहरीले जानकारी पाएको थियो । परिवारजनका अनुसार बुधबार साँझ सुनिल मोटरसाइकल लिएर घरबाट निस्केका थिए । घटनाको प्रकृति हेर्दा बुधबार राति नै उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।





प्रतिक्रिया दिनुहोस्