इरानले संयुक्त अरब इमिरेट्स (युएई)मा पनि मिसाइल हमला गरेको छ । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार शनिबार दिउँसो इरानले हानेको मिसाइल युएईले आकाशमै नष्ट गरेको थियो । उक्त हमलाबाट एक जनाको मृत्यु भएको पनि युएईको सरकारी समाचार संस्थालाई उद्धृत गरेर सिएनएनले लेखेको छ । आबुधाबीमा युएईको हवाई प्रतिरक्षा प्रणालीले मिसाइल आकाशमै नष्ट पारेको तर त्यसको टुक्रा एउटा घरमा एक जनाको मृत्यु भएको जनाइएको छ । युएईको रक्षा मन्त्रालयका अनुसार मृतक एसियाली नागरिक थिए । यो आक्रमणलाई युएईले इरानको कायरतापूर्ण काम भनेको छ । विश्लेषकहरूले यस घटनाले खाडी क्षेत्रमा तनाव थप बढाउने संकेत गरेको बताएका छन् ।
आजै बहराइनमा पनि इरानले मिसाइल हानेको थियो । अमेरिका र इसराइलले शनिबार बिहान इरानमा हवाई आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध विशेष कारबाही सुरू भएको घोषणा गरेको छ । अमेरिका र इसराइलले हमला गरेपछि इरानले इसराइल र अमेरिकी सैन्य अड्डा रहेको मध्यपूर्वका अन्य देशहरूमा हवाई आक्रमण गरेको छ । इरानले यसअघि नै अमेरिका हमलामा उत्रिए त्यसको जबाफ दिने चेतावनी दिएको थियो ।





प्रतिक्रिया दिनुहोस्