इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ । पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान प्रदर्शन भएको हो । सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जनाको मारिएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ । डनले कराचीको सिभिल अस्पतालका डाक्टर मोहम्मद सबिर मेमनलाई उद्धृत गर्दै ९ जनाको मृत्यु र ३२ जना घाइते भएको उल्लेख गरेको छ । मृतक र घाइतेको शरीरमा गोली लागेको चोट देखिएको छ ।
प्रदर्शनको क्रममा सुरक्षाकर्मीले सुरूमा अश्रुग्यास प्रहार र लाठिचार्ज गरेको बताएको थियो । घाइते हुनेमा दुई जना प्रहरी अधिकारीहरू समेत छन् । उनीहरूको उपचारका लागि जिन्नाह पोस्टग्र्याजुएट मेडिकल सेन्टरमा लगिएको छ ।





प्रतिक्रिया दिनुहोस्