Skip to content

काठमाडौँबाट गाउँ फर्किने मतदाता बढ्दै, उच्च मतदान प्रतिशत हुने संकेत

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर चुनावी माहोल उत्कर्षमा पुगेको छ। मत प्रयोग गरी आफ्नो गाउँ–ठाउँको प्रतिनिधि चयन गर्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

सङ्घीय राजधानीका प्रमुख नाका तथा बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को देखिन थालेको छ। विशेषगरी नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशतर्फ जाने यात्रुहरूको सङ्ख्या बढी रहेको छ। मतदाताहरूले निर्वाचनलाई लोकतन्त्रको महापर्वका रूपमा लिँदै आफ्नो दैनिक व्यस्ततालाई थाँती राखेर गाउँ फर्किने निर्णय गरेका छन् । उनीहरू मतदानमार्फत गाउँ–ठाउँमा योग्य प्रतिनिधि छान्ने लक्ष्यमा छन् । राजधानीबाट बाहिरिने जनसङ्ख्यामा आएको वृद्धि आगामी प्रतिनिधि सभा निर्वाचनमा उच्च मतदान प्रतिशत हुने संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्