Skip to content

युएईमा अलपत्र नेपालीको उद्धारको पहल : पोर्टलमा दर्ता हुन आह्वान

अबुधाबी – मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली नागरिकको अवस्थासम्बन्धी सूचना सङ्कलन गर्न विशेष पोर्टल निर्माण गरेको छ।

नेपाल फर्कने क्रममा युएईका विभिन्न विमानस्थलमा अलपत्र परेका, भिसा अवधि समाप्त भएका वा कम्पनीमार्फत भिसा रद्द भइसकेपछि नेपाल फर्कन टिकट काटिसक्दा पनि असहज परिस्थितिमा परेका नेपाली नागरिकलाई उक्त पोर्टलमा आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न मन्त्रालयले हार्दिक अनुरोध गरेको छ।

यसैबीच, नेपाली राजदूतावास आबुधाबीले जरुरी सूचना जारी गर्दै समस्यामा परेका नेपालीलाई पोर्टलमा आफ्नो विवरण भर्न आग्रह गरेको छ।

विवरण भर्नका लागि दूतावासले उपलब्ध गराएको सम्बन्धित लिंकमार्फत आवश्यक जानकारी प्रविष्ट गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्