काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण ले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ।
प्राधिकरणका अनुसार देशभरका सबै प्रकारका आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुनेछन्। अन्तरराष्ट्रिय उडानतर्फ भने मध्यपूर्वी गन्तव्यबाहेक अन्य गन्तव्यका उडान नियमित तालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारिएको छ।
मध्यपूर्वी गन्तव्यका उडान भने सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीले संशोधित गरेको तालिकाबमोजिम सञ्चालन हुने जनाइएको छ।
मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण ती गन्तव्यका उडान तत्कालका लागि स्थगित हुँदै आएको प्राधिकरणले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्