Skip to content

सर्लाही ४ को मतगणना सुरु

सर्लाही – सर्लाही क्षेत्र नं. ४ को मतगणना भर्खरै सुरु भएको छ । निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार शुक्रबार  बिहान १०ः२० बजेदेखि मतगणना सुरु भएको हो । बिहानैदेखि मतगणना सुरु गर्ने भनिए पनि दलका प्रतिनिध आउन ढिला गरेकाले बल्ल सुरु भएको हो ।

गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना सुरु भएको हो । सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ म्त खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्