काठमाडौँ – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न आमउपभोक्तालाई आग्रह गरेको छ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोज कुमार ठाकुरले हालसम्म भारतबाट मागअनुसार नै ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण गर्दा बजारमा कृत्रिम अभावजस्तो अवस्था देखिएको हो।
बजारमा देखिएको उक्त अवस्थालाई समाधान गर्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अहिले आधा ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो।
प्रवक्ता ठाकुरले नेपालमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेकाले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आमउपभोक्तालाई आग्रह गर्नुभयो।
उहाँका अनुसार आजसम्म मागको शतप्रतिशत ग्यास आपूर्ति भइरहेको भए पनि आगामी दिनमा परिस्थिति कस्तो हुन्छ भन्ने विषय भने स्पष्ट नभएको बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्