काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ । आजै बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित भएका हुन् ।





प्रतिक्रिया दिनुहोस्