Skip to content

प्रधानमन्त्री बालेनकाे निजी सचिवमा सहसचिव प्रदीप परियार

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नाे निजी सचिवमा सहसचिव प्रदीप परियारलाई नियुक्त गर्न लागेका छन् । हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उनलाई शाहले निजी सचिवमा ल्याउने भएका हुन् । शाह काठमाडौं महानगरकाे मेयर हुँदा परियार प्रमुख प्रशासकीय अधिकृत थिए । अख्तियारले उनीसहित विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे थियाे । तर, उक्त मुद्दाबाट उनले सफाई पाइसकेका छन् । उनै परियारलाई शाहले निजी सचिव बनाउने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले निजी सचिवमा सहसचिव राख्ने अभ्यास छ । परियार युवा सहसचिव हुन् । त्यस्तै, बालेनले आफ्नो सचिवालमा कुमार व्यञ्जनकार, असिम शाह, सुदीप ढकाल, सुवास शर्मा, विवेक मिश्र लगायत नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्