Skip to content

कानूनी राज्य र विधिको शासनको उपहास : योगेश भट्टराई

काठमाडौं – योगेश भट्टराई ले वर्तमान राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्थामा राज्य संयमित हुनुपर्ने बताएका छन् । उनले राज्य र सरकार आक्रामक नभई संयमित हुनुपर्नेमा जोड दिँदै प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटो अपनाउनुपर्ने बताए । भट्टराईले कानूनी राज्य र विधिको शासनको उपहास कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले पछिल्लो घटनाबारे न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेस का नेता रमेश लेखक को गिरफ्तारीको निन्दा गरे । उनले उनीहरूको अविलम्ब रिहाइको माग पनि गरेका छन् । भट्टराईले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न सरकारको ध्यानाकर्षण गराउँदै आफ्नो पार्टीले कानूनी तथा राजनीतिक बाटो अपनाउने बताएका छन् । उनले संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गरिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्