Skip to content

जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी परिसर काठमाडौंलाई जिम्मा

काठमाडौं – सरकारले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको उक्त आयोगको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत काठमाडौं जिल्ला प्रहरी परिसरलाई हस्तान्तरण गरिएको हो । परिसर प्रमुख एसएसपी रमेश थापाका अनुसार गृह मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ । “हामीलाई जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त भएको छ, त्यसअनुसार कारबाही अगाडि बढाएका छौं,” उनले भने ।

उक्त आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाको विस्तृत अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक कारबाही सिफारिस गरेको थियो। अब सोही सिफारिसका आधारमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्