Skip to content

प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै कांग्रेस, ७ वटै प्रदेशमा खटायो संयोजक

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको सातै प्रदेशमा समीक्षा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार चुनावी समीक्षासहित आगामी राजनीतिक रणनीति तय गर्न सातै प्रदेशमा समीक्षा कार्यक्रम गर्न लागेको हो । चुनावी समीक्षा गर्नको लागि ७ वटै प्रदेशमा केन्द्रीय नेताहरू खटाइएको महामन्त्री प्रदीप पौडेलले बताए ।

उनका अनुसार डा. डिला संग्रौला पन्त, मधेशमा फरमुल्लाह मन्सुर, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा योगेन्द्र चौधरी, कर्णालीमा कर्णबहादुर बुढा र सुदूरपश्चिममा प्रकाश रसाइली स्नेहीलाई जिम्मेवारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्