काठमाडौं – नयाँ सरकार गठनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले देशभरका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने काम तीव्र पारेको छ । मन्त्रालयले उपमहानगर, नगरपालिका र गाउँपालिका गरी रिक्त रहेका १४५ स्थानमा अधिकृत पठाएको जनाएको छ । मन्त्री प्रतिभा रावल का अनुसार अब देशका सबै ७५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पदपूर्ति भइसकेको छ। यसअघि कर्मचारी जान अनिच्छुक हुनु, जनप्रतिनिधिको हस्तक्षेप र सरुवा प्रक्रिया रोकिँदा धेरै ठाउँमा पद रिक्त रहेका थिए ।
मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा समस्या बढी देखिएको थियो, जसका कारण दैनिक प्रशासन, तलब वितरण र सामाजिक सुरक्षा भत्ता समेत प्रभावित भएका थिए । मन्त्री रावलले अब सरुवा तथा नियुक्ति “मेरिट” का आधारमा मात्र हुने स्पष्ट पार्दै जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यको अपेक्षा व्यक्त गरेकी छन् ।





प्रतिक्रिया दिनुहोस्