Skip to content

गृहमन्त्री गुरुङले बिहानै भने – ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ

काठमाडौँ – भ्रष्टाचार तथा अनियमितताविरुद्ध आक्रामक रूपमा धरपकड अभियान चलाएका गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म प्रहरीलाई काम गर्न नै नदिएको आशय व्यक्त गरेका छन् । आइतबार बिहानै सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले यस्तो आशय व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’

पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइल खोलिरहेको छ । गृहमन्त्री बनेकै रात गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गराएका थिए । भ्रष्टाचार प्रकरणमा राजनीतिक तथा व्यापारिक साम्राज्य चलाएकाहरू पनि धमाधम पक्राउ पर्न थालेका छन् । सोही सन्दर्भमा गृहमन्त्रीको पछिल्लो भनाइ आएको अनुमान गर्न सकिन्छ । यसअघि ठूला भ्रष्टाचारका काण्डमा प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न नदिइएको गुनासो आम नागरिकले समेत गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्