Skip to content

गायिका समिक्षा अधिकारीको भावुक अभिव्यक्ति: “पीडितको पीडा पीडितले मात्र बुझ्छ”

काठमाडौं – चर्चित गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूले भोगेको पीडा सम्झँदै एक भावुक अभिव्यक्ति सार्वजनिक गरेकी छन् । उनले आफूले जीवनको कठिन समय पार गर्दै अगाडि बढेको बताउँदै पीडितहरूको पक्षमा दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, “एउटा पीडितको मन अर्को पीडितले जस्तो त कसैले बुझ्न सक्दैन । म त्यो घटनाबाट धेरै अगाडि बढिसकेकी छु, तर ती दिनहरू सम्झिँदा आज पनि मन चिरिन्छ।”

उनका अनुसार समाजले आफूलाई बाँच्न सहज वातावरण नदिएको र उनी दिनदिनै पीडामा बाँच्न बाध्य भएको बताएकी छन् । समिक्षाले विशेषगरी पीडितमाथि हुने सामाजिक दबाब र प्रश्नहरूप्रति असन्तुष्टि जनाएकी छन्। “किन ढिलो बोलिस्? त्यतिबेलै किन उजुरी गरिनस्? भन्ने प्रश्नले झन् पीडा दिन्छ। त्यतिबेला पीडित कस्तो अवस्थामा हुन्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ,” उनले भनिन् । उनले समाजलाई आग्रह गर्दै लेखेकी छन्, “कृपया कसैको पीडालाई अरूसँग नदाँज्नुहोस्। हरेक घाउको आफ्नै गहिराइ हुन्छ ।” साथै, उनले हरेक घरमा दिदीबहिनी र छोरीहरू हुने भएकाले संवेदनशील हुन सबैलाई अनुरोध गरेकी छन् ।

अन्त्यमा, उनले संगम बिष्टसँग सम्बन्धित प्रकरणमा सत्य बाहिर आउनुपर्ने र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेकी छन् । “म सधैं पीडितहरूको साथमा छु,” भन्दै उनले कसैलाई पनि यस्तो पीडा नपरोस् भन्ने कामना गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्