Skip to content

समाजसेवी तथा मोडल संगीता शर्मा अभिनित नयाँ म्युजिक भिडियो “म तिम्रै बनौला ” सार्वजनिक

काठमाण्डौ — समाजसेवी तथा मोडल संगीता शर्मा अभिनित नयाँ म्युजिक भिडियो “म तिम्रै बनौला ” सार्वजनिक भएको छ। गितकार तथा संगीतकार संगीता शर्मा को आफ्नै शब्द र संगीतमा तयार भएको उक्त गीत “संगीता शर्मा अफिसियल ” युट्युब च्यानलमार्फत संगीता ज्यु को आफ्नो जन्मदिनको अबसरमा सार्वजनिक गरिएको छ ।
प्रेमभाव प्रधान यस गीतका गायक /गायीका कर्ण राज गिरि र बिपना तामाङको स्वर रहेको छ भने उत्त गित सम्राट थापाले एरेन्ज गरेका हुन । म्युजिक सिटि स्टुडियोमा रेकर्डिङ भएको हो । गीतको भिडियोमा संगीता शर्मासंगै गायक तथा सर्जक राजु आरडिको अभिनय रहेको छ। भिडियो संयुक्त स्थापित ले निर्देशन गरेका हुन भने छायांकन र सम्पादन पक्षमा पनि उत्कृष्ट मेहनत देखिन्छ। भिडियोले विशेषगरी युवा पुस्ताको भावना र प्रेमप्रतिको सोचलाई सरल तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको छ। एल.एम.सी.सेकेन्ड्री स्कुल, लहानले एजुकेसन पार्टनको रुपमा स्पोन्सर गरेको थियो भने हस्पिटालिटि पार्टनमा भिलेज हाइल्याण्ड रिजोर्ट जुन भिडियो को सिनमा प्रस्ट देख्न सकिन्छ । उत्त म्युजिक भिडियोमा प्रोडक्सन म्यानेजर भिमसेन मैनालि तथा पी. हमाल ठकुरी र सन्दिपा दाहाल निर्माताको रुपमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्