काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) नागार्जुन नगरको चौथो अधिवेशनबाट चन्द्र क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनबाट अर्जुन पाठक उपाध्यक्ष, निर्मला श्रेष्ठ सचिव र दिलिप बरसिंह थापा कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरूमा होमनाथ अधिकारी, पलपषा महर्जन, सिताराम भुजेल, जिवन पौडेल, अम्बिका भण्डारी, एकराज कुंवर, घनश्याम बलामी, मिना कार्की र आरती चित्रकार चयन भएका छन् ।
नवगठित समितिले नागार्जुन नगर क्षेत्रका निजी विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, संस्थागत विकास तथा विद्यालयबीचको समन्वयलाई प्रभावकारी बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्