काठमाडौं – बुढानिलकण्ठ नगर एन प्याबसनको तेस्रो अधिवेशनबाट कमलमणी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपाध्यक्षमा मुरारी चालिस, सचिवमा पवित्रा राना मगर र कोषाध्यक्षमा शम्भुप्रसाद अधिकारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा दिनेश थापा, मनोजकुमार नेपाल, दीपक ढकाल, रमेश खतिवडा र धनबहादुर गुरुङ चयन भएका छन् । शनिबार भएको तेस्रो नगर अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएकाे नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेमकुमार भुजेलले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिले बुढानिलकण्ठ नगरपालिकाभित्रका निजी तथा संस्थागत विद्यालयबीच समन्वय, सहकार्य र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। अधिवेशनले निजी विद्यालयका साझा समस्या, शैक्षिक विकास तथा संस्थागत हितका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै बुढानिलकण्ठ नगर एन प्याबसनले आगामी कार्यकालमा विद्यालय तथा शिक्षासँग सम्बन्धित विषयमा थप सक्रिय र प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्