Skip to content

सोमपालको सनसनीपूर्ण व्याटिङमा स्तब्ध बन्यो विराटनगर किंग्स

काठमाडौँ – सोमपाल कामीले बलिङ र ब्याटिङ दुवैमा कप्तानी पारी खेलेपछि विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले सनसनीपूर्ण जित निकालेको छ ।  पावर प्लेमै धरमराएको ब्याटिङ सम्हाल्दै सोमपालले टोलीलाई जित दिलाउन सफल भए । टीयू मैदानमा विराटनगरले दिएको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । कर्णालीलाई जित दिलाउन कप्तान कामीले ३२ बलमा ६२ रनको सानदार पारी खेले । बलिङमा पनि उनले चार विकेट लिएका थिए ।

ब्याटिङमा सोमपाललाई गुल्सन झाले पनि उत्कृष्ट साथ दिएपछि कर्णालीको जित सम्भव भएको हो । गुल्सनले २१ बलमा २८ तथा पवन सर्राफले २८ बलमा ३६ रनको योगदान दिए । जारी सिजनमा कर्णालीको यो लगातार दोस्रो जित हो । विराटनगरले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्