काठमाडौं – नेकपा एमालेकी नेतृ शान्ता चौधरीले पछिल्लो ३५ वर्षमा नेपालमा उल्लेखनीय परिवर्तन भएको दाबी गरेकी छन् । एक कार्यक्रममा बोल्दै उनले ३५ वर्षभित्र केही पनि भएन भन्ने भाष्यप्रति असन्तुष्टि जनाउँदै मुलुकमा कायापलट नै भएको बताएकी हुन् । उनले अहिलेका युवा पुस्ताले विगतको दुःख, अभाव र संघर्ष प्रत्यक्ष रूपमा नभोगेकाले ३५ वर्षमा केही परिवर्तन नभएको भन्ने गरेको टिप्पणी गरिन् ।
‘अहिले भर्खर हुर्केर बढेका, ऐशआराममा बसेका यिनीहरूलाई दुःख भनेको के हो थाहा छैन । न देखेका छन्, न भोगेका छन् । त्यही भएर ३५ वर्षभित्र के भयो र भनेर प्रश्न गर्छन्,’ उनले भनिन् । विगतको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दै चौधरीले ३५ वर्षको अवधिमा देशमा ठूलो परिवर्तन आएको उल्लेख गरिन् । ‘३५ वर्षभित्रमा त कायापलट नै भयो भन्छु मैले त,’ उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस्