काठमाडौं – एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा लज्जास्पद हार बेहोरेको छ । क्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ११औं ओभरमा २६ रनमा अलआउट भयो । नेपालका लागि कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाए ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो । कुमार कुशाग्र र कप्तान तीलक वर्माले शतकीय पारी खेले । कुशाग्रले ११७ तथा वर्माले १०७ रन जोडे । वैभव सूर्यवंशीले २६ रन बनाए भने सूर्यान्श शेड्गेले अविजित ३६ रनको योगदान दिए ।भारतका प्रिन्स यादवले ५ विकेट लिए भने हर्षित रानाले ४ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए ।
नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्