दोलखा/दोलखाको उत्तरी केन्द्र सिंगटीमा सञ्चालन भएको १० औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा ८ स्वर्ण पदक सहित जिरी नगरपालिका प्रथम भएको छ । जिरी नगरपालिकाले रजत ५ र कास्य ४ गरी १७ वटा पदक जितेको दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीले बताउनु भयो ।
प्रतियोगीतामा ६ वटा स्वर्ण पदक सहित सह– आयोजक विगु गाँउपालिका दोस्रो भएको छ । विगु गाँउपालिकाले रजत ६ र कास्य ८ गरी २० वटा पदक जितेको छ । त्यसैगरी ५ वटा स्वर्ण पदक सहित तामाकोशी गाँउपालिका तेस्रो भएको छ । तामाकोशी गाँउपालिकाले रजत २ र कास्य २ गरी ९ वटा पदक जितेको छ ।
प्रतियोगीतामा सहभागि भीमेश्वर नगरपालिकाले स्वर्ण १, रजत ४ र कास्य ४ गरी ९ वटा पदक, बैतेश्वर गाँउपालिकाले स्वर्ण ४, रजत ४ र कास्य ४ गरी १२ वटा पदक, मेलुङ गाँउपालिकाले स्वर्ण १ र कास्य १ गरी दुईवटा पदक, शैलुङ गाँउपालिकाले स्वर्ण २, रजत ४ र कास्य ३ गरी ९ वटा पदक, कालिञ्चोक गाँउपालिकाले स्वर्ण २, रजत ६ र कास्य ४ गरी १२ वटा पदक तथा गौरीशङ्कर गाँउपालिकाले स्वर्ण १ र कास्य १ गरी दुई वटा पदक जितेको छ ।
प्रतियोगितामा विजयी टिम तथा खेलाडिहरुलाई बागमति प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली, मेलुङ गाँउपालिकाका प्रमुख हिरा थोकर, गौरीशङ्कर गाँउपालिकाका प्रमुख विश्वास कार्की, शैलुङ गाँउपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
दोलखा जिल्ला खेलकुद विकास समिति दोलखाले आयोजना गरेको प्रतियोगीताको सह– आयोजक दोलखाको विगु गाँउपालिका रहेको थियो ।
			
															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			


प्रतिक्रिया दिनुहोस्