दोलखा/नेकपा एमाले दोलखाको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले कमिटीमा निर्वाचित सदस्यहरुको कार्यविभाजन गरेको छ । त्यसैगरी पार्टीको विधान अनुसार २५ जनालाई सचिवालय सदस्य र तीन जनालाई बैकल्पिक सचिवालय सदस्य बनाएको छ ।
यो पटक धेरै युवाहरुलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिईएको र यसले दोलाखमा पार्टीको कामलाई थप गतिशिल बनाउन सहयोग पुग्ने अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनु भयो । पार्टी केन्द्रको मिसन– ८४ सफल बनाउन दोलखा एमालेले प्रत्येक वडामा पुगेर पुराना पार्टी नेतालाई महत्वपूर्ण जिम्मेवारी दिने, गुनासा, समस्या र आवश्यकता पहिचान गर्ने जस्ता अभियान सञ्चालनको खाका बनाई रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
बैठकले अध्यक्ष नर बहादुर श्रेष्ठलाई जनसंगठन समन्वय संयन्त्रको संयाजकको जिम्मेवारी दिएको छ । त्यसैगरीे उपाध्यक्ष राजेन्द्र मानन्धरलाई पार्टी स्कूल विभाग प्रमुख, सचिव स्वयम बहादुर खड्कालाई संगठन विभाग प्रमुख, उपसचिव कमला वस्नेतलाई स्थानीय विकास विभाग प्रमुख र उपसचिव हरि ओलीलाई प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी दिएको छ ।
त्यसैगरी बैठकले सचिवालय सदस्य कुमार खड्कालाई निर्वाचन विभाग प्रमुख, मुरारीराज शिवाकोटीलाई वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख, शारदा रानालाई नेपाल बुद्धिजिवि परिषद इन्चार्ज, नारायणध्वज खड्कालाई दोलखा– काठमाडौँ सम्पर्क मञ्च प्रमुख, गिता भुजेललाई नेपाल भूमि अधिकार तथा श्रमिक संगठन इन्चार्ज, निमा लामालाई नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ इन्चार्ज, तारा नेपालीलाई रिटर्नी फेडरेसन इन्चार्ज बनाएको प्रचार विभाग प्रमुख हरि ओलीले बताउनु भयो ।
त्यसैगरी बैकल्पिक सचिवालय सदस्य रमेश श्रेष्ठलाई कार्यालय सचिव र शक्ति पाठकलाई अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जको जिम्मेवारी दिईएको प्रचार विभाग प्रमुख ओलीले बताउनु भयो ।

बैठकले कुईसाङ तमाङलाई नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघको इन्चार्ज, पूर्णिमा खरेललाई अखिल नेपाल महिला संघको इन्चार्र्ज, श्यामसुन्दर शिवाकोटीलाई नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघको इन्चार्ज, अर्जुन सुनुवारलाई राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज, अभिषेक सुवेदीलाई प्रगतिशिल पेशागत इन्जिनिर्यस एसोसियसनको इन्चार्ज, ध्रुब भण्डारीलाई प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठनको इन्चार्र्ज, दानवहादुर विमलीलाई नेपाल ट्रेड युनियन महासंघको इन्चार्ज, अर्जुन बुढाथोकीलाई नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको इन्चार्ज, इश्वर कुमार नेपालीलाई नेपाल उत्पीडित जातिय मुक्ति समाजको इन्चार्ज, विक्रम खड्कालाई विपद् व्यवस्थापन तथा स्वयमसेवक विभागको इन्चार्ज, चित्रबहादुर भुजेललाई किसान महासंघको इन्चार्ज, भूमिराज खड्कालाई सहकारी तथा गरीवि निवारण विभागको इन्चार्ज, राधा चाँपागाईलाई राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको इन्चार्ज, कृष्ण कुमारी थामीलाई पेशागत महासंघको इन्चार्ज, रमेश लामिछाने विकलाई नेपाल उत्पीडित जातिय मुक्ति समाज को सहईन्चार्ज, सुमन सुनामलाई खानेपानी तथा सरसफाई विभागको प्रमुख र रामकृष्ण तमाङलाई लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको इन्चार्जको जिम्मेवारी दिईएको जनाईएको छ ।
बैठकले भीमेश्वर नगरपालिकाको इन्चार्जमा नविनकुमार लामा र सहइन्चार्जमा ज्ञानेन्द्र प्रधान, जिरी नगरपालिकाको इन्चार्जमा केशवकुमार कार्की र सहइन्चार्जमा ज्ञानबहादुर सुनुवार, गौरीशङ्कर गाँउपालिकाको इन्चार्जमा जग गुरुङ र सहइन्चार्जमा झलककुमार कार्की, बैतेश्वर गाँउपालिकाको इन्चार्जमा माधव प्रसाद घिमिरे र सहइन्चार्जमा शान्त बहादुर जिरेल, तामाकोशी गाँउपालिकाको इन्चार्जमा धिरज सुवेदी र सहइन्चार्जमा श्यामकाजी कटुवाल, मेलुङ गाँउपालिकाको इन्चार्जमा सोमबहादुर बमजम र सहइन्चार्जमा इश्वर कोईराला, शैलुङ गाँउपालिकाको इन्चार्जमा थिरबहादुर तमाङ र सहइन्चार्जमा नेत्र मोक्तान, कालिञ्चोक गाँउपालिकाको इन्चार्जमा गणेश शिवाकोटी र सहइन्चार्जमा सविना पाण्डे तथा विगु गाँउपालिकाको इन्चार्जमा अच्युतम केसी र सहइन्चार्जमा देविका थामीलाई जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख ओलीले बताउनु भयो ।बैठकमा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङ, पोलिटब्युरो सदस्य एवं दोलखा इन्चार्ज कमल चौलागाई, बागमति प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य रचना खड्का, सरस्वती वस्नेत, बागमति प्रदेश कमिटी सदस्य एवम् दाेलखा इन्चार्ज कृष्ण भुजेल लगायतकाे उपस्थिति रहेको थियो ।
															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			
			

प्रतिक्रिया दिनुहोस्