दोलखा/दोलखाबाट प्रतिनिधित्व गर्ने बागमति प्रदेश सांसद भरत बहादुर केसीको सचिवालयले बागमती प्रदेशको योजना समीक्षा तथा योजना तर्जुमा परामर्श कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
बागमती प्रदेश सांसद भरत बहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यशालामा प्रदेश अन्र्तगतका स्वास्थ्य कार्यालय, पशुपति चौलागाईं स्मृती अस्पताल, सिँचाई डिभिजन कार्यालय, कृषि विकास कार्यालय रामेछाप, डिभिजन वन कार्यालय, पुर्वधार विकास कार्यालय लगायतले चालु आर्थिक वर्षमा सञ्चालन गरेका गतिविधिको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बाग्मती प्रदेशका सांसद ठुला थामी, भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङ, उपाध्यक्ष गायत्री आर्चाय, शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती थापा, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला समन्वय समिति दोलखाका पूर्व प्रमुख डबल पाण्डे, नेकपा एमाले भीमेश्वर नगर कमिटीका अध्यक्ष भोला खतीवडा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले स्थानीय तह र प्रदेश अन्तर्गतका कार्यालयहरुको समन्वय नभएको गुनासो गरेका थिए ।
बागमति प्रदेश सांसद भरत बहादुर केसीले अहिले बजेट निर्माण समय भएकोले आफुले प्रदेश अन्र्तगतका कार्यालयहरुको कार्यप्रगति र बजेटको अवस्थाको बारेमा जानकारी लिएको बताउनु भयो । जिल्लाको आवश्यकता अनुसार बजेट तथा कार्यक्रम थप गर्न आफुले सम्बन्धित मन्त्रालहरुमा आवश्यक पहल गर्ने प्रदेश सांसद केसीले बताउनु भयो ।
			
															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			


प्रतिक्रिया दिनुहोस्