रामचन्द्र गिरी
ओसाका, जापान/ जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टीभल हुने भएको छ । पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ नाम दिएको उक्त कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना, तामाङ समाज जापान कान्साई समितिको सहआयोजना, गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सर्पोट र जापानमा रहेका विभिन्न नेपाली समाजहरुको सहकार्यमा हुन लागोको हो ।
नेपाल र नेपालीको पहिचान कला संस्कृतीलाई जापानी समुदायमा चिनाउने उदेश्यले यही जुलाई २७ तारिक शनिबारका दिन एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४, ओसाकामा पहिलो पटक भव्य रुपमा आयोजना गर्न लागेको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक लाक्पा दोङ ले जानकारी दिनु भयो ।
करिब २० ओटा स्टलहरु रहने उक्त फेष्टामा नेपाल, नेपालीको पहिचान सहितका खाना, कपडा, कोसेलीहरुका स्टल, नेपालको पर्यटन सम्बन्धी जानकारी दिने स्टल तथा रेमिटेन्स लगायतका अन्य स्टलहरु रहने छन । कार्यक्रमा नेपाली कला संस्कृती झल्कने खालका नृत्य, गित- संगित तथा विभिन्न मनोरन्जनका खेलहरु पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
ओसाकामा पहिलो पटक आयोजना हुन लागेकाेले कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न सबै संघ- संस्था, नेपाली समाज तथा जापानमा बस्ने नेपालीहरुले सहयोग गर्नु पर्ने व्यवस्थापक लाक्पा दोङले बताउनु भयो । कार्यक्रमबाट बचत भएको रकमले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने पनि व्यवस्थापक दोङले जानकारी दिनु भयो ।
															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			
			

प्रतिक्रिया दिनुहोस्