दोलखा/आदीकवि भानुुभक्त आचार्यको २११ औ जन्मजयन्तिको अवसरमा भीमेश्वर नगरपालिकाको सहयोगमा भानुु– विद्यापति साहित्यिक प्रतिष्ठान दोलखा र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले रामायण बाचन तथा दोलखा साहित्य यात्रा– ५ सार्वजनिक गरिएको छ ।
सो अवसरमा भानु विद्यापति साहित्यि पुरस्कार– २०८१ बिष्णुलक्ष्मी साहित्यि पुरस्कार समिति दोलखालाई प्रदान गरिएको छ ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै भीमेश्वर नगरपालिकाका नगरप्रमुुख इश्वर नारायण मानन्धरले दोलखाको सांस्कृतिक सम्पदा, भाषा, संस्कृतिको प्रचार तथा प्रवद्धनमा साहित्यको योगदान महत्वपूर्ण रहने उल्लेख गर्नुहुदै साहित्यिक गतिविधिमा नगरपालिकाको सहयोग निरन्तर रहने बताउनु भयो ।

कार्यक्रममा मेलुुङ गाँउपालिकाका प्रमुख हिरा कुमार थोकरले साहित्य प्रवद्धनको लागि स्थानीय तहको भूमिका आवश्यक रहेको बताउनु भयो ।
भानु– विद्यापति साहित्यिक प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कुल बहादुर बुुढाथोकी, भीमेश्वर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, बिष्णुु लक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, भानु विद्यापति साहित्यि प्रतिष्ठानका सचिव सुुन्दर खड्का र सदस्य समिरा वस्नेतले मन्तव्य व्यक्त गर्नुु भएको थियो । कार्यक्रममा सहभागिहरुले रामायण बाचन समेत गर्नु भएको थियो ।
															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			
			

प्रतिक्रिया दिनुहोस्