Skip to content

जनार्दन शर्माको फरक मत : ‘हतारको एकता ऐतिहासिक गल्ती’

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँग हुने भनिएको पार्टी एकताबारे फरक मत राख्दै हतारमा गरिने एकता ऐतिहासिक गल्ती हुने चेतावनी दिएका छन्। शनिबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले विचार, सिद्धान्त र कार्यदिशाको स्पष्ट आधारमा पार्टी पुनर्गठन नगरी एकतामा जानु गलत हुने बताए। शर्माले बिना वैचारिक स्पष्टता र संगठनात्मक तयारी गरिने एकताले वाम आन्दोलन कमजोर पार्ने र दक्षिणपन्थी अवसरवादलाई बल पुर्‍याउने दाबी गरे। ‘यस्तो एकताले केही नेताको स्वार्थ त पूरा गर्न सक्छ तर दीर्घकालीन रूपमा पार्टीका लागि हानिकारक हुनेछ,’ उनले भने। उनका अनुसार, महाधिवेशनको तयारी छोडी एकतामा लाग्ने प्रयास वैचारिक छलफलबाट भाग्ने प्रवृत्ति हो, जसले माओवादीको मूल चरित्र नै कमजोर पार्नेछ। शर्माले एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टी पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्