काठमाडौं – निर्धारित २० ओभरमा अलआउट हुँदै सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको हो । कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।
बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २-२ विकेट लिए । काठमान्डु गोर्खाजले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्